२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यी हुन् बंगलादेश विरुद्ध खेल्ने सुरुवाती ११ खेलाडी


0
Shares

काठमाडौं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटलबम आज नेपालले बंगलादेशसँग भिड्दैछ । अहिले साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपालले आफ्नो सुरुवाती चरणमा खेल्ने ११ जना खेलाडीको सूची सार्वजनिक गरेको छ ।

बंगलादेशसँगको प्रतिस्पर्धाका लागि नेपालले किरण चेम्जोङको कप्तानीमा ११ जनाको नाम सार्वजनिक गरेको छ । सुरुवातमा नेपालको टोलीबाट अभिषेक रिजाल, अन्जन विष्ट, त्रिदेव गुरुङ, सञ्जोग राई, तेज तामाङ, रवि पासवान, रञ्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशीले खेल्नेछन् ।

आजको खेलले फाइनल खेलको समीकरण पूरा हुनेछ । बंगलादेश फाइनलमा पुगिसकेको छ भने नेपाललाई फाइलनमा पुग्न आजको खेल बराबरीमा रोके पुग्नेछ । बिहीबारको खेलमा नेपाल र कीर्गिस्तानको टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसअघि मंगलबार कीर्गिस्तान बंगलादेशसँग १–०ले पराजित भएको थियो ।