
बारा । जिल्लाको चारकोशे जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन नसक्दा राजमार्गमा चल्ने सवारी साधन जोखिममा पर्न थालेका छन् । राजमार्ग किनारमा लागेको डढेलोले दुर्घटनासमेत बढेको छ ।
धुलो र डढेलोको धुँवाले वायुमण्डल ढाकिँदा जिल्लाभरको जनजीवन कष्टकर बनेको छ । सिमरा विमानस्थलको नियमित उडान पनि अवरुद्व भएको छ । स्थानीय व्यक्तिहरूमा स्वावप्रश्वास र आँखाको समस्या देखिन थालेको छ ।
ढलेको नियन्त्रणका लागि प्रशासनले कुनै वास्ता नगरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । पर्सा राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयले आर्थिक स्रोतका अभावमा डढेलो नियन्त्रणका गर्न नसकेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्