६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


जहाँबाट आए पनि कांग्रेसले अविश्वासको प्रस्तावमा मत हाल्छ– मिनेन्द्र रिजाल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केपी शर्मा ओली नेतृत्वको सरकारलार्ई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताउनुभएको छ ।

बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले ओली प्रधानमन्त्री भएकै दिन देखि नै आफूहरूले विश्वासको मत नदिएको बताउनुभयो । प्रधानमन्त्री ओली विश्वासको मत लिन संसदमा आए कांग्रेसले मत दिन नसक्ने उहाँको भनाइ छ ।

अहिलेका प्रधानमन्त्रीमाथि विश्वास नरहेको बताउँदै नेता रिजालले आफूहरू प्रतिपक्ष दल भएकाले अविश्वासको प्रस्ताव आए मतदान गर्ने स्पस्ट पार्नुभयो ।

अहिले प्रधानमन्त्री ओली गठबन्धनको सरकार बनाउने भन्दा पनि संसदको ठूलो दलको हैसियतमा धारा ७६(३) अनुसारको सरकार बनाएर प्रतिनिधि सभा विघटन गरी चुनावमा जाने मनसायमा रहेको बताउनुभयो ।

नेता रिजालले प्रधानमन्त्री ओलीसँग राजनीतिक रूपमा बहुमत भए पनि प्राविधिक रूपमा नरहेको बताउनुभयो ।