१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीन र इरानबीच २५ वर्षसम्म सहकार्य गर्ने सम्झौता


0
Shares

एजेन्सी । चीन र इरानबीच २५ वर्षसम्म सहकार्य गर्ने विशेष सम्झौता भएको छ । अमेरिका र उसका सहयोगी राष्ट्रको दबाब झेलिरहेका चीन र इरानबीच राजधानी तेहरानमा ‘२५ वर्षे रणनीतिक सहयोग सम्झौता’मा हस्ताक्षर भएको हो ।

इरानसँग सम्झौता गर्नकै लागि चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार इरानको राजधानी तेहरान पुगेका थिए । अमेरिकाले सन् २०१८ मा इरानलाई एकतर्फी प्रतिबन्ध लगाउन अगाडि चीन इरानको प्रमुख व्यापार साझेदार राष्ट्र थियो र उसले इरानबाट सबैभन्दा बढी तेल खरिद गर्दै आएको थियो ।

ट्रम्प प्रशासनले इरानलाई परमाणु हतियार सम्झौता उल्लंघन गरेको भन्दै प्रतिबन्ध लगाएको थियो । उसले इरानसँग व्यापार गर्ने जुनै राष्ट्रमाथि कडाइ गर्ने चेतावनी दिँदै आएको छ । यो सम्झौताले चीन र इरानबीचको सम्बन्ध निकै प्रगाढा हुने अपेक्षा गरिएको छ ।

अमेरिकाले दुवै राष्ट्रमाथि दवाव सिर्जना गरिरहेको अवस्थामा भएको यस सम्झौताले उनीहरूलाई अमेरिकाविरुद्ध एक हुन मद्दत पुग्नेछ । सम्झौतामा यातायात, बन्दरगाह, उर्जा, उद्योग र सेवाहरूको क्षेत्रमा पारस्परिक लगानीको लागि योजना तय गरिएको छ ।