२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशमा शनिबार पनि मोदीको विरोधमा प्रदर्शन, रेल स्टेशनमा आगो


0
Shares

एजेन्सी । बंगलादेशको भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे विरोधमा शनिबार पनि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरूले रेलस्टेशनमा आगो लगाउनुको साथै विभिन्न स्थानमा तोडफोड र सवारी साधनहरूमा आगजनी गरेका छन् ।

बंगलादेशकोे ५० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रवार राजधानी ढाका जानु भएको थियो ।

दक्षिणपन्थी इस्लामिक सङ्गठनहरूले मोदीको नीति ‘मुस्लिम समुदायविरोधी’ भएको आरोप लगाउँदै विरोध गरेका हुन् । भारतले बाङ्ग्लादेशसँग हेपेर व्यवहार गर्ने गरेको प्रदर्शनकारीहरूको आरोप छ ।

यस अघि हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा ५ जनाको मृत्यु भएको थियो । मोदीको विरोधमा आइतबार पनि बंगलादेशमा हडतालको घोषणा गरिएको छ ।