१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घाँटीमा गोली लागेर युवक गम्भीर घाइते


0
Shares

बैतडी । जिल्लामा गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका ३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले जानकारी दिनुभयो ।

चन्दको घाँटीमा गोली लागेको छ ।घाइते चन्दको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

‘घरमै बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको छ’, धामीले भन्नुभयो, ‘स्थानीयले घरमै बन्दुक रहेको बताका छन्, थप कुरा अनुसन्धान भएपछि खुल्छ ।’

घटनाको थप अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ गएको छ ।