
एजेन्सी । बेलारुसमा राष्ट्रपति विरुद्ध भएको प्रदर्शनका क्रममा पाँच जना सञ्चारकर्मी सहित सय भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।
गत अगष्टमा भएको राष्ट्रपतिय निर्वाचनमा धाँधली गरी अलेक्जेन्डर लुकाशेंको आफैले देशको छैठौं राष्ट्रपति घोषित गरेको भन्दै शुरु भएको प्रदर्शन हिजो चर्केको हो ।
बेलारुसको मिङस्मा भएको प्रदर्शनमा सहभागी हजारौ प्रदर्शनकारीहरुले राष्ट्रपति विरुद्ध चर्को नारा लगाउनुका साथै जताततै तोडफोड गरेपछी प्रहरीले धरपकड गरी सय भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
गत अगष्टदेखि भएको प्रदर्शनका बीच अमेरिकाले बेलारुसका उच्च तहका अधिकारीहरुलाई अमेरिका भ्रमणमा रोक समेत लगाईसकेको छ ।
राष्ट्रपति बिरुद्ध दोश्रो लहरको प्रदर्शन शुरु भएको भन्दै राष्ट्रपतिले पद त्याग नगरेसम्म प्रदर्शन जारी राख्ने प्रदर्शनकारीहरुको अडान छ ।
प्रतिक्रिया दिनुहोस्