
काठमाडौं । कर्णाली प्रदेश सरकारले सात जिल्लामा कोभिड अस्पताल र सबै नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले जुम्ला, सुर्खेत र रुकुमपश्चिमको चौरजहारीमा आइसियु सेवा सहितको उपचार केन्द्र निर्माण गर्ने निर्णय गरेको हो ।
भारतलगायत देशहरुमा पुनः कोरोना सङ्क्रमण बढ्दै गएपछि त्यसको असर नेपालमा पनि पर्न सक्ने भएकाले कोरोना नियन्त्रण गर्न प्रदेश प्रवेशद्वारमा जाँच तथा उपचारका लागि तयारी गरीएको हो ।
प्रतिक्रिया दिनुहोस्