
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा आपसी मेलमिलाप र सद्भावको सन्देश दिनुभएको छ ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभयो ।
सन्देशमा उहाँले कोभिड–१९ को महामारी टरिनसकेको अवस्थामा पूर्ण सावधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउन समेत अनुरोध गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्ने र लोक संस्कृतिको प्रवर्द्धन गर्न उत्प्रेरणा प्रदान गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्