४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


म्यानमारमा भएको पछिल्लो घटनाले वाशिङ्टन त्रस्तः अमेरिका


0
Shares

एजेन्सी । म्यानमारको पछिल्लो घटनाले स्तब्ध बनाएको अमेरिकाको टिप्पणी छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले म्यानमारमा भएको शनिवारको मृत्युले वाशिङ्टन त्रस्त भएको बताउनुभएको छ ।

शनिवार म्यानमारमा सैनिक दमनमा कू पछिकै सबैभन्दा बढी एकै दिन झण्डै १ सय जना मारिएको घटनाले अमेरिकालाई नै त्रस्त बनाएको उहाँको टिप्पणी छ ।

यो घटनाले सैन्य शासकहरू केही सिमित मानिसको फाइदाका लागि नागरिकको ज्यान लिन पछि नपर्ने पुष्टि गरेको तर यहाँका साहसी नागरिकले सैनिक शासन अस्वीकार गरेको ब्लिङ्कनको भनाइ छ ।

यस्तै, संयुक्त राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटेरेसले पनि आफूलाई घटनाले स्तब्ध बनाएको बताउनुभएको छ ।