
इलाम । इलामको सन्दकपुर जाने पदमार्गमा पर्ने तुम्लिङ क्षेत्रमा कोरोना कहरको लामो समय पछि पर्यटकहरुको आवागमन बढ्न थालेको छ ।
भारतिय सीमानामा पर्ने माइजोगमाई गाउँपालिकाको यो क्षेत्रमा धेरै जसो भारतिय बंगाल मुलका पर्यटकहरु आउने गरेका छन् ।
हाइकिङ र दृश्यपानका लागि मिनि मुस्ताङले परिचित इलाम माइजोगमाई गाउँपालिकामा पर्ने तुम्लिङ र टङ्लु क्षेत्र पुरानो पर्यटकीय गन्तव्य हो ।
लामो लकडाउन र सीमा नाका बन्द रहेकाले सुस्ताएको जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र विगत केहि दिनदेखि पुन व्युतिएको छ ।
तुम्लिङका होटल र होमस्टेमा पर्यटकहरु भरिन थालेका छन् । सन्दकपुर जाने पदमार्गमा पर्ने यो क्षेत्रमा सीजनमा पर्यटकहरुको बाक्लो चहल पहल हुने गरेको छ ।
सुर्योदयको दृश्यावलोकन गर्न र कंचनजंगा हिम श्रृखलाको दृश्यावलोकन गर्न यो क्षेत्र चर्चित मानिन्छ ।
तीन हजार मिटरको उचाईमा रहेको टंग्लु क्षेत्रमा सन्दकपुर फालोट हुँदै कंचनजंगा बेसक्याम्प सम्म पुग्ने पर्यटकहरु पनि ओहोर दोहोर गर्ने गर्दछन् ।
टंग्लु क्षेत्रदेखि भारतमा सिंहलिला नेसनल पार्क भएकाले यो क्षेत्रमा वन्यजन्तुको अध्ययन अवलोकन गर्न समेत पर्यटकहरु आउने गर्दछन् ।
पर्यटकीय क्षेत्रमा पुग्न सीमावर्ती क्षेत्रमा सडकको पुर्वाधार शुरु गरिएको भएपनि यो क्षेत्रमा व्यवस्थित पदमार्गकोे खाँचो रहेको छ ।
सीमावर्ती मानेभञ्ज्याङ नाकादेखि उत्तरमा सीमावर्र्ती तुम्लिङ हुदै सन्दकपुर फालोटको पदयात्रा अत्यन्तै रोमाञ्चकारी भएको पर्यटकहरु आउने गरेका हुन तर पछिल्लो केही दिन देखी छिमेकी राष्ट्र भारत सहित नेपालमा समेत फेरी कोरोना संक्रमणको दर बड्दै गएकाले सुरक्षाका समाग्री प्रयोग गर्न भने भुल्नु हुन्न । प्रकाश नेपाल
प्रतिक्रिया दिनुहोस्