१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


आर्मी क्लबले आज किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै


0
Shares

काठमाडौं । एएफसी कप–२०२१ प्ले अफको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले आज किर्गिस्तानको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । आर्मीले आज दशरथ रंगशालामा किर्गिस्तानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

आर्मी र किर्गिस्तानबीचको खेल अपरान्ह ३ः३० बजे सुरु हुनेछ । आर्मीले एएफसीको प्ले अफमा श्रीलंकाको पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएको थियो ।

आर्मीले एएफसी कप–२०२१ प्ले अफको पहिलो खेल दशरथ रंगशालामा खेल्नेछ । आर्मी र श्रीलंका पुलिसबीचको खेल अप्रिल ७ मा हुनेछ ।

एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो । सहिद स्मारक ’ए’ डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।