८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा विग्रिए


0
Shares

बाग्लुङ । मर्मत र संरक्षणको अभावमा बागलुङ बजारमा जडान गरिएका सिसी क्यामेरा अलपत्र परेका छन् ।

जडान गरिएका २६ मध्ये २२ वटा क्यामेरा बिग्रेका छन् । २०७१ फागुनमा बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय मिलेर सिसी क्यामेराको जडान गरिएको थियो ।

मुख्य सडक, चोक र बजार प्रवेश क्षेत्रमा राखिएका क्यामेरा बिग्रेर काम नलाग्ने भएपछि सुरक्षा चूनौति थपिएको छ ।

बजेट अभावमा क्यामेरा मर्मत हुन नसकेको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युराज राजभण्डारीले जानकारी दिए ।

मर्मतमा ७ लाख रुपैँया खर्च लाग्ने जनाइएको छ । नगरपालिकाले क्यामेरा नियमित संचालनको लागि सहयोग उपलब्ध नगराएको संघको गुनासो छ ।

संघकै पहलमा अघि बढेको सिसी क्यामेरा जडान कार्यमा नगरपालिकाको ३० लाख र संघको २० लाख लगानी भएको थियो ।

कागजातसहित मर्मतको लागि माग गर्न आएमा तत्काल रकम उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

नगरपालिका कै कारण क्यामेरा मर्मत र सञ्चालनमा समस्या नआउने उप–प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।