
एजेन्सी । अफ्रिकी मुलुक मोजाम्बिकमा इस्लामिक अतिबादी समूहको आक्रमणमा दर्जनौको मृत्यु भएको आशंका गरिएको छ । तीन सय भन्दा बढी समूहमा आएका हतियारधारी समूुहले एक गाउँ कब्जामा लिई आक्रमण गर्दा दर्जनौ मारिएको आशंका गरिएको हो ।
घटनामा थुप्रै घाइते भएको बीबीसीले जनाएको छ । आतंकबादी समूहले मोजाम्बिकको पाल्मा शहरमा रहेको अमरुला होटललाई पनि घेरा हाली आक्रमण गर्दा सात जनाको मृत्यु भएको छ । केही स्थानीय र बिदेशी पयर्टकहरुको भने उद्धार गरिएको छ ।
आक्रमणकारीहरुले पाल्मा शहरका पसल, बैंक ,सैन्य ब्यारेक लगायत होटललाई निशाना बनाई आक्रमण गरेको हो । सो समूहले पाल्मा शहर नियन्त्रणमा लिएको बुझिएको छ । यद्दपी युसको पुष्टी भने भएको छैन । इल्लामिक आतंकाबादी समूह आईएसले बिगत केही वर्षदेखि मोजाम्बिकमा पकड जमाउँदै आएको छ जसका कारण त्यहाँबाट ७ लाख मानिस बिस्थापित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्