७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्यानमारमा प्रदर्शनकारीको हत्यापछि सैन्य प्रमुखले गरे भव्य पार्टी


0
Shares

एजेन्सी । म्यानमारमा शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको सरकारी सुरक्षाकर्मीले हत्या गरेकै दिन त्यहाँको सैन्य प्रमुखले भव्य पार्टी गरेका छन् ।

सैन्य प्रमुख मिन ओङ ह्लाइङ तथा उनका जनरलले आइतबार राति नै भव्य पार्टी गरेका हुन् ।

आइतबार बिहान मारिएकाको अन्तिम संस्कारमा समेत सेनाले हस्तक्षेप गर्ने प्रयास गरेको थियो ।

शनिबार सेनाको दमनका बाबजुद पनि आइतबार म्यानमारमा सैनिक शासनविरुद्ध प्रदर्शन भने रोकिएन ।

म्यानमारमा सैनिक शासन सुरु भएदेखि शनिबार प्रदर्शनकारीमाथि सबैभन्दा बढी हिंसा भएको छ । फेव्रुअरीदेखि अहिलेसम्म ४ सय जनाको मारिइसकेका छन् ।

आइतबार विश्वका धेरै देशका रक्षा प्रमुखले एक संयुक्त विज्ञप्ति जारी गर्दै म्यानमारको सैनिक दमनको भत्र्सना गरेका छन् ।