
एजेन्सी । भारतमा पाँच महिनायताकै उच्च कोरोना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार भन्दा धेरै मानिसम कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो गत वर्ष अक्टोबर पछिकै सबैभन्दा उच्च संख्या हो ।
सोमबार थपिएको संक्रमितको संख्यासँगै भारतका कुल कोरोना संक्रमितको संख्या १ करोड २० लाख भन्दा धेरै भइसकेको छ । यसमा सक्रिय संक्रमितको संख्या ५ लाख भन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २ सय ९१ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६१ हजार भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतमा संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेको छ । भारतबाट नेपाल भित्रिनेको संख्या बढेसँगै सीमामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । स्थानीय सरकारले सिमानामा हेल्थ डेस्कको स्थापना गर्दै ज्वरो नाप्ने र कोरोनाको एन्टिजेन परीक्षणको पनि व्यवस्था गरिएको छ ।
यद्यपि धेरै सिमानामा व्यवस्थित हुन नसक्दा नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्