
बर्दिया । बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि बर्दिया राष्ट्रिय निकुञ्जले पाटे बाघमा स्याटेलाइट रेडियो कलर जडान गरेको छ ।
निकुञ्जमा रहेको बाघको आनीबानी लगायत आवागमन अध्ययन गर्न स्याटेलाइट रेडियो कलर जडान गरिएको निकुञ्जले जनाएको छ । निकुञ्ज नेतृत्वको प्राविधिक टोलीले ५ वर्षको वयस्क पोथी पाटेबाघमा रेडियो कलर जडान गरेको हो ।
विभागले मन्त्रिस्तरीय निर्णयबाट बर्दिया–बाँके कम्प्लेक्समा ४ ओटा पाटेबाघ अध्ययन गर्ने अनुमति पाए अनुरुप पहिलो चरणमा बर्दियाको पाटेबाघमा स्याटेलाइट रेडियो कलर जडान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
जडान गरिएको स्याटेलाइट र रेडियोबाट निकुञ्जमा आएको सूचना अनुसार फिल्ड अनुगमन गरिने श्रेष्ठले बताउनुभयो । बर्दियामा बाघको संख्या बढेसँगै मानवीय आक्रमणका घटनाहरू बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्