१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


झापाको मकैबारीमा हात्ती, सर्वसाधरण आतङ्कित


0
Shares

झापा । जिल्लामा जङ्गली हात्तीका कारण सर्वसाधरण आतङ्कित भएका छन् ।

एक हप्तादेखि सातवटा जंगली हात्ती मकैबारीमा पसेर नोक्सान गरिरहेको झापा गाउँपालिका–५ का स्थानीय बासिन्दाले जनाएका छन् । मकै जोन क्षेत्रका रूपमा रहेको सो ठाउँमा पसेका हात्ती खेदाउन नसक्दा मानिस आतंकित भएका हुन् ।

डिभिजन वन कार्यालयका प्रमुख युवराज मास्केले घना मकैबारी बीचमा सातवटा हात्ती बसेकाले लखेट्न समस्या भइरहेको जानकारी दिनुभयो । स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीले संयुक्त रुपमा हात्तीको खोजी गरिरहेका छन् । बस्तीमा पसेर धन जनको क्षति नहोस् भनेर पहल थालिएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष जयनारायण साहले सुत्ला च्यापिसकेको झण्डै ३० बिघा बढीको मकै हात्तीले क्षति गरिसकेको बताउनुभयो । एक हप्तादेखि बसेका हात्ती लखेट्न नसक्दा क्षति बढड्ने उहाँको भनाइ छ ।