
एजेन्सी । म्यानमारमा प्रदर्शकनकै क्रममा थप ३ जना मारिएका छन् ।
म्यानमारको यंगुनमा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागि १ जनाको मृत्यु भएको हो ।
अर्का दुई जनाको यंगुन शहर भन्दा केही दूरीमा रहेको प्रदर्शनस्थलमा मारिएका हुन् ।
यंगुन शहरमा मारिने एक पुरुषको टाउकोमा गोली लागि ढलेपछि प्रदर्शन झन चर्केको थियो ।
प्रहरीले धरपकड गरी गोली प्रहार गर्नुका साथै पानीको फोहोरा र अश्रुग्यास प्रहार गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले गुलेली प्रहार गर्दा केही प्रहरी पनि घाइते भएका छ । यसअघि म्यानमारमा सेनाले गरेको हवाई हमलापछि हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डको उत्तरपश्चिमी सिमानामा शरण लिन पुगेका छन् ।
म्यानमारको सेनाले दुई दिनअघि तीनवटा हवाई आक्रमण गरेपछि सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।
म्यानमारको सेनाले भने शहर र नगरहरूमा बाहिर ननिस्कन बालबालिकासहित सर्वसाधारणलाई दिएको चेतावनीको वेवास्ता गरेको भन्दै हवाई हमला गरेको दाबी गर्दै आएको छ ।
म्यानमारमा गत फेब्रुअरीमा सैन्य कू भएयता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४ सय भन्दा बढीको ज्यान गइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्