१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना चमेरोबाट मानिसमा सर्‍याे


0
Shares

corona virus death

एजेन्सी । कोरोना भाइरस चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सरेको एक प्रारम्भिक प्रतिवेदन देखाएको छ।
चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीको गरेको अध्ययनले जनावरमार्फत मानिसमा भाइरस सरेको प्रतिवेदन तयार गरेको छ ।

एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशाबाट मानिसमा कारोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्याता रहेको देखिन्छ । अनुसन्धानका नतिजा यसअघि अपेक्षा गरिएअनुरुप नै आएको भएपनि धेरै प्रश्न जवाफविहिन छन् । प्रतिवेदन सार्वजनिक गर्न पटक पटक ढिलाइ गरिएको छ ।

चिनियाँ अधिकारीले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा डब्लुएचओको कार्यालयका एक कूटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो । सो प्रतिवेदन अन्तिम चरणमा परिर्वतन हुने वा नहुने भन्ने बारेमा केही स्पष्ट छैन ।

अनुसन्धाताहरुले चार वर्गमा परिस्थतिलाई चित्रण गरेको छन् । जसमा चमेरोबाट अर्को जनावार हुँदै मानिसमा कोरोना भाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ । चिसोमा राखिएको मासुजन्य वस्तुबाट कोभिड संक्रमण हुने खतारा रहे पनि त्यसमा त्यति बढी सम्भावना कोभिड मानिसमा फैलिने सबैभन्दा निकटतम सम्भावना चमेरा नै रहेको अध्ययनमा भनिएको छ।

यद्यपी, प्रतिवेदनमा चमेरामा हुने भाइरस र सार्स कोभ २ भाइरसबीचको उत्पत्तिको समयावधि भने धेरै दशक हुन सक्ने देखिएको छ । प्रतिवेदनमा धेरै मिल्दोजुल्दो भाइरस सालक ( प्यान्गोलिन) मा पनि भेटिएको उल्लेख छ । प्रतिवेदनका अनुसार मिन्क ( पानी र जमिनमा बस्ने एक प्रकारको सरिसृप जीव) र बिरालोमा पनि कोभिड फैलिन सक्ने खतरा बढी देखिन्छ । डब्लुएचओको अन्तर्राष्ट्रिय विज्ञहरुले कोभिड फैलिएको उद्गम स्थल वुहानको भ्रमणलाई आधार मानेर प्रतिवेदन तयार गरिएको छ।

वुहान न मिसनको नेतृत्व गर्ने डब्लुएचओका विज्ञ पिटर बेन इम्बारेकले शुक्रबार प्रतिवेदनले अन्तिम स्वरुप पाइसकेको जानकारी दिए । यसका केही तथ्य जाचँ र अनुवादको काम भइरहेको बताउदै उनले भने ‘केही दिनमा प्रक्रिया पुरा गरेर सार्वजनिक गरिनेछ ।’