१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सर्जियो अग्युरोले म्यानचेस्टर सिटीसँगको अनुबन्धन तोड्ने


0
Shares

एजेन्सी । म्यानचेस्टर सिटीका कीर्तिमानी गोलकर्ता सर्जियो अग्युरोले यो सिजनको अन्त्यसँगै क्लबसँगको अनुबन्धन तोड्ने घोषणा गरेका छन् ।

इंग्लिस क्लब सिटीले ३२ वर्षे स्ट्राइकरले यो सिजनको अन्त्यमा सम्झौता सकिएसँगै क्लब छोड्ने जानकारी दिएको हो ।

अर्जेन्टिनाका अग्युरो सन् २०११ मा एथ्लेटिको मड्रिडबाट म्यानचेस्टर सिटीमा अनुबन्धन भएका थिए ।

त्यसयता उनले सिटीका लागि ३८४ खेलमा २५७ गोल गरेका छन् । सिटीको मैदानमा अग्युरोको सम्मानमा उनको प्रतिमा बनाइने छ ।

यसअघि रंगशालमा कप्तान भिन्सेन्ट कम्पनी र डेविड सिल्भाको प्रतिमा बनाइएको थियो । उनीहरुले क्रमशः सन् २०१९ र २०२० मा क्लब छोडेका थिए ।