७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते


0
Shares

दाङ । दाङको हंसपुरमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बबई ५ का १९ वर्षीय गोविन्द पुन रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी बबई ५ का २७ वर्षीय ध्रुव घर्ती र बबई ४ का २५ वर्षीय देबराज रजाली गम्भीर घाइते भएका छन् । उनीहरुको बाँकेको कोहलपुर अस्पताल र तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।