
एजेन्सी । गत वर्ष मारिएका अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मुद्दाको सुनुवाइ सुरु भएको छ ।
सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चरम यातना दिइ फ्लोइडको हत्या भएको समाचार सार्वजनिक भएको थियो ।
सो घटनामा संलग्न भनिएका पूर्व सुरक्षाकर्मी डेरेक सार्विनविरुद्धको सुनुवाइ सुरु भएको हो ।
सुनुवाइको पहिलो दिन अभियोजनकर्ताको तर्फबाट फ्लोइडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर दिएको यातानको भिडियो प्रशारण गरिएको थियो ।
पीडित पक्षले हत्यामा संलग्न पूर्व प्रहरी अधिकृतलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।
तर सरकारी अधिकारीहरुले भने फ्लोइडले लागूऔषध प्रयोग गरेकाले सोही कारण उनको मृत्यु भएको दावी गर्दै आएका छन् ।
फ्लोइड मृत्यु प्रकरणको मुद्दामा अदालतले तीन दिनअघि अभियुक्तलाई अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
अदालतामा उपस्थित भएका प्रत्यक्षदशीहरुले पनि सुरक्षाकर्मीको चरम यातनाका कारण फ्लोइडको मृत्यु भएको बयान दिएको बीबीसीले जनाएको छ ।
अदालतमा सुनुवाइ सुरु हुनुअघि फ्लोइडका समर्थकले न्यायको माग गर्दै अदालत बाहिर शान्तिपूर्ण प्रदर्शन गरेको समाचारमा जनाइएको छ ।
सो मुद्दामा अब निरन्तर सुनुवाइ हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्