२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


घाईते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालक पक्राउ


0
Shares

सागर न्यौपाने

स्याङ्जा । स्याङ्जामा सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार चालक अमित परियार पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय वालिङ स्याङ्जाबाट खटिएको प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको टोलीले रूपन्देही वेलहिया नाकाबाट यही चैत १३ गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

श्रीमती र छोरी सहित भारततर्फ भाग्न लागेको अवस्थामा प्रहरीले रुपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

चालकको दायाँ–बायाँ बसेका मध्ये बायाँपट्टी बसेका सह–चालक गाहा ट्याक्टरबाट खसी घाइते भएकोमा चालक परियार र सहचालक रानाले सोही ट्याक्टरमा राखी कागीण्डकी साँखरघाटमा लगि नदीमा बगाएको प्रहरीले जनाएको छ ।

यसअघि गत चैत्र ८ गते अर्को सहचालक सुनिल राना पक्राउ परेका थिए । प्रहरीले घटनास्थलबाट मृतकको १ जोर चप्पल र रगत लागेको ढुंगा बरामद गरेको थियो ।

चैत्र ५ गते अस्थायी नं लु.अ.अ.फ १०१२ नम्बरको ट्याक्टर चालक गल्याङ ८ बंग्रान्तीका २७ वर्षीय चालक अमित परियार, सहचालक २१ वर्षीय सुनिल राना र १९ वर्षीय गणेश गाहाले साँखरबाट बालुवा लिएर राति फर्कने क्रममा गाहा ट्याक्टरबाट खसेका थिए ।