
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोर घरमै व्यवस्थापन गर्न आग्रह गरेको छ । सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपिछ महानगरपालिकाले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न आग्रह गरेको हो ।
ककनी गाउँपालिका वडा–२ स्थित सिसडोल ल्यान्डफिल्ड साइटका प्रभावित बासिन्दाले फोहोर व्यवस्थापन गर्न समस्या खडा गरेपछि महानगरले कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न समेत आग्रह गरेको छ।
प्रभावित बासन्दाहरु विभिन्न माग राखी १३ चैतदेखि फोहोर व्यवस्थापनमा अवराेध गर्दै आएका थिए । यता, काठमाठौं महानगरपालिकाले सोमबार प्रेस विज्ञप्ति जारी गरेर प्रभावित क्षेत्रका स्थानीयहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । महानगरले विज्ञप्तिमार्फत स्थानीयसँग फोहोर व्यवस्थापनमा सहयोग गर्न अनुरोध समेत गरेको छ ।
‘उत्पादकहरूलाई कुहिने र नकुहिने फोहोर छुट्याएर कुहिने फोहोर घरमै व्यवस्थापन गर्न र नकुहिने प्रकारकोलाई फोहोर संकलन गर्ने गाडी आएपछि मात्र राखेर पठाउन भनिएको’, विज्ञप्तिमा उल्लेख छ, ‘महानगरले शिक्षा मन्त्रालयसँग समन्वय गरी स्थानीयको माग पूरा गर्नेबारे छलफल सकारात्मक दिशामा अघि बढेको छ ।’
प्रतिक्रिया दिनुहोस्