१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाइडन उत्तर कोरियाली नेता किमलाई भेट्न अनिच्छुक


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडन उत्तर कोरियाली नेता किम जङ–अनलाई भेट्न इच्छुक नरहेको ह्वाइट हाउसले स्पष्ट पारेको छ ।

उत्तर कोरियाप्रति राष्ट्रपति बाइडनको रवैया उनका पूर्ववर्ती डोनल्ड ट्रम्पको भन्दा फरक हुने अमेरिकी अधिकारीहरूलाई उध्रित गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रपति बाइडनले किमलाई भेट्न नचाहेको बारेमा भने ह्वाइट हाउसले उल्लेख गरेको छैन ।

एकअर्काका कडा आलोचक रहेपनि सन् २०१८ मा ट्रम्प र किमबीच पहिलो पटक सिंगापुरमा भेटवार्ता भएको थियो ।

उत्तर कोरियाली नेतालाई भेट्ने ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति हुनुहुन्थ्यो ।

त्यसको एक वर्षपछि सन् २०१९ मा दुई नेताबीच कोरियाली क्षेत्रमा भेटघाट भएको थियो ।

दुई साताअघि बाइडेन प्रशासनले गत फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरिए पनि प्योङ्याङबाट कुनै जबाफ नपाएको बताएको थियो ।

र्दुइ देशबीच बढ्दो तनावलाई मत्थर पार्न अमेरिकाले उत्तर कोरियालाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो ।

उत्तरसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत न्यूयोर्क च्यानल भनिने संयुक्त राष्ट्रसंघमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको अधिकारीहरूले बताएका थिए ।

सन् २०१७ मा उत्तर कोरियाले अमेरिकी शहरहरूमा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्र परीक्षण गरेपछि दुई देशबीचको सम्बन्ध झन् बिग्रिएको थियो ।

कोरोना महामारीका कारण अहिले बाह्य विश्वको सम्पर्कबाट अलग्गिएको उत्तर कोरियाका सीमा पनि एक वर्षदेखि बन्द छन् ।