
कैलाली । जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ ।
रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।
लामो समयदेखि रक्त चापले ग्रसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो ।
रावललाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्