
मोरङ । मिक्लाजुङ गाउँपालिका ६ थामीझोडामा गएराति जंगली हात्तीको आक्रमणबाट एक पुरुषको ज्यान गएको छ ।
मृत्यु हुनेमा ४९ वर्षीय यामबहादुर बोहोरा रहेका छन् । छिमेकीको घरबाट टीभी हेरेर फर्कने क्रममा बोहोरालाई हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।
मृतक बोहोरा कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएका व्यक्ति थिए । उनकी श्रीमती साबित्रा कार्की भने भागेर बाच्न सफल भएकी छन् । सावित्रा पनि कान नसुन्ने र बोल्न नसक्ने अपाङ्गता भएकी महिला हुन् । मृतकका २७ र २२ वर्षीय छोराहरु छन् ।
प्रतिक्रिया दिनुहोस्