
काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ९१ वर्षको उमेरमा सोमबार साँझ निधन भएका मानन्धरको मंगलबार पशुपति आर्यघाटमा गरिएको छ ।
नेता मानन्धरलाई नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, गणेश शाह, पूर्व सभामुख कृष्णबहादुर महरा लगायतका नेताहरूले अन्तिम बिदाइ गर्नुभएको थियो ।
नेता मानन्धर नेपाली कम्युनिष्ट आन्दोलनका इमान्दार नेताको रूपमा परिचित हुनुहुन्छ । उहाँको नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) बनाउनको लागि महत्वपूर्ण भूमिका रहेको छ । मानन्धर लामो समयसम्म नेकपा(संयुक्त)को महासचिव हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्