१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रेड पाण्डा तस्करी गर्ने थप दुई जना पक्राउ


0
Shares

सोलुुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को तस्करीमा संलग्न गिरोह मध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ ।

माप्यदूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान रेड पाण्डाको छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।

प्रहरीले एक साता अघि महाकुलुङबाट सात वटा रेड पाण्डाको छाला र रेड पाण्डा मार्न प्रयोग गरिने पाँच ओटा पासो सहित तीन जनालाई पक्राउ गरेको थियो ।