
बागलुङ । बागलुङ बजारको रेष्टुरेन्टमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।
बागलुङ नगरपालिका–२ हरिशंकर रोडमा रहेको ग्रील एण्ड चिल रेस्टुरेन्टमा आगलागी हुँदा १० लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो प्रहरी र स्थानीयको सक्रियतामा करिब १ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
भान्सामा ग्यास लिक भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भान्सामा पूर्णरूपमा क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्