
एजेन्सी । अमेरिकाकी व्यापारी महिला जेनिफर आरक्यूरीले बेलायतका प्रधानमन्त्री बोरिस जानेसनको विवाहपछि पनि आफूसँग चार वर्षसम्म प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी छन् ।
मिरर वेबसाइटसँगको कुराकानीमा जेनिफरले बोरिससँग उनको घरमै अन्तरङ्ग सम्बन्ध बनाएको खुलासा गरेकी हुन् । बोरिसले मरीना व्हीलरसँग विवाह गरेको समयमा आफूहरू सम्बन्धमा रहेको जेनिफरको भनाइ छ । मरीना घरबाट बाहिर गएको समयमा आफूहरूले सम्बन्ध बनाउने गरेको जेनिफरले अन्तर्वार्तामा भनेकी छन् ।
उक्त समयमा बोरिस जोनसन लण्डनको मेयर थिए । उनले आइलङ्गटनमा भएको ३५ लाख पाउन्डको घरमा जेनिफरलाई बोलाउने गरेको जेनिफरको खुलासा गरेकी छन् । सम्बन्धपछि आफूलाई बोरिसको घरमा असहज महसुस हुने गरेको उनको भनाइ छ ।
जेनिफरका अनुसार उनको र बोरिसको भेट २०११ को एउटा कार्यक्रममा भएको थियो । उक्त समयमा जेनिफर विद्यार्थी थिइन् । जेनिफरले पहिलो भेटमै आफू बोरिसप्रति आकर्षित भएको स्वीकार गरेकी छन् ।
जेनिफरले आफूहरूको सम्बन्ध २०१२ देखि २०१६ सम्म चलेको बताइन् । बोरिसले भनेको कुरा स्मरण गर्दै जेनिफर भन्छिन्, ‘तिमी पहिलो अमेरिकी केटी हौ जसप्रति म आकर्षित भएँ ।’ बोरिसले आफूलाई घर र परिवारको बारेमा कहिल्यै पनि खुलेर बताउने नगरेको जेनिफरले खुलासा गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्