
एजेन्सी । पाकिस्तान दिवसका शुभकामना दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेको पत्रको पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जवाफ दिएका छन् ।
इमरान खानले जवाफी पत्र लेख्दै पाकिस्तान दिवसको शुभकामना दिँदै लेखेको पत्रका लागि धन्यवाद दिएका हुन् ।
उनले अगाडि लेखेका छन्, ‘पाकिस्तानका जनता आफ्ना संस्थापकको दुरदर्शिता र बुद्धिमतालाई सम्झदै श्रदाञ्जली लागि यो दिवस मनाउँछन् । जसले एक स्वतन्त्र, सम्प्रभु राज्यको परिकल्पना गरेका थिए ।’
इमरानले थप लेख्दै भनेका छन्, ‘पाकिस्तानका जनताहरू पनि भारतलगायत आफ्ना सबै छिमेकीहरूसँग शान्तिमय र सहयोगी सम्बन्ध बनाउन चाहन्छन्। हामी विश्वस्त छौं कि दक्षिण एसियामा स्थायी शान्ति र स्थायित्व भारत र पाकिस्तानबीचको सबै मुद्दाहरूको समाधानको लागि सम्बन्धित छ विशेष गरी जम्मू कश्मीरको बिवादसँग।’
पत्रमा भनिएको छ, ‘सकारात्मक र नतिजा दिने वार्ता गर्न अनुकुुल वातावरण बनाउन जरुरी छ । म यस मौकामा भारतका जनतालाई कोरोना महामारीको लडाइमा सफलता मिलोस भन्ने शुभकामना दिन चाहान्छु ।’
प्रतिक्रिया दिनुहोस्