१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महोत्तरीका घाँस काट्न गएका सात बालिका कहाँ हराए ?


0
Shares

काठमाडौं । महोत्तरीमा सात जना किशोरी एकै पटक बेपत्ता भएका छन् । हिजो दिउसो घाँस काट्न गएका ती किशोरी सम्पर्कविहीन भएका हुन् ।

भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका २ बालिका र ५ किशोरीसहित सातजनाको समूह परिवारको सम्पर्कमा नरहेको महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यले जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएका सबैजना विपन्न समुदायका रहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जन पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान छन् ।

सम्पर्कविहीन भएकाहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ । उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किए पछि खोजी कार्य सुरु गरिएको थियो ।