
एजेन्सी । दिल्लीको सफदरजंग अस्पतालमा बुधबार बिहान आगो लागेको छ ।
आगो अस्पतालको औषधि विभागमा बिहान ६ बजेर ३५ मिनेटमा लागेको थियो । आगो विस्तारै एच ब्लकका ११ वार्डसम्म फैलिएको थियो ।
त्यस अघि नै आइसीयुमा रहेका ६० बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले आगो नियन्त्रणमा आएको छ ।
अस्पतालका अनुसार आगो लाग्नासाथ सूचना दमकललाई दिएपछि ९ वटा दमकल अस्पतालमा आएर आगो निभाउन सहयोग गरेका थिए । आगोमा परी कोही हताहती नभएको अस्पतालले जानएको छ ।
प्रतिक्रिया दिनुहोस्