१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएका दुई महिला पक्राउ


0
Shares

झापा। महिलालाई घरमै राखेर वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिला पक्राउ परेको छन् । दमक नगरपालिकाबाट घरमै राखी वेश्यावृत्तिमा लगाउदै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू पक्राउ परेका हुन् ।

झापाकाे दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचना पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको छ । दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।