१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बाइपासमा सूचना केन्द्र निर्माण हुने, राज्यमन्त्री र मेयरद्वारा शिलान्यास


0
Shares

काठमाडौं । बालाजु बाइपासमा सूचना केन्द्र निर्माण हुने भएको छ । काठमाडौं महानगरपालिका र स्थानीय जनसहभागितामा करिब १ करोड ६ लाख रुपैयाँ लागतमा सुविधा सम्पन्न सूचना केन्द्र निर्माण गर्न लागिएको हो ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रूपमा सूचना केन्द्रको शिलान्यास गर्नुभयो । सूचना केन्द्रले उत्तरी क्षेत्रबाट हुने सवारी आवागमनको लगत राख्नेछ ।

काठमाडौंबाट बालाजु नाका हुँदै बाहिरिने र भित्रिने सवारीको अभिलेखीकरण राख्ने, यातायातबारे सूचना राख्ने र सर्वसाधारणलाई काठमाडौंबारे जानकारी दिने उदेश्यले सूचना केन्द्रको स्थापना गरिएको राज्यमन्त्री मानन्धरले बताउनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सूचना केन्द्रको निर्माणले राजधानीबाट ल्याण्डफिल्ड साइट जाने फोहरका गाडीको लगत राख्न सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभयो । सूचना केन्द्रमा उपत्यका र काठमाडौं महानगरसम्बन्धी आवश्यक सबै सूचना उपलब्ध गराइने उहाँको भनाइ छ ।

सूचना केन्द्रको निमार्णका लागि महानगरपालिकाको ९५ लाख ६० हजार रुपैयाँ र उपभोक्ताले १० लाख ६० हजार रुपैयाँ व्यहोरेको थियो ।