७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


गोली लागेर घाइते भएका बैतडीका युवकको मृत्यु


0
Shares

बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका ३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिनुभयो ।

गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको थियो । काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया आइपुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चैत १४ गते घरमै रहेका बेला आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएका थिए । प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट पड्किएको अवस्थामा रहेको बन्दुक बरामद गरिएको छ ।

उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित समाचार–
घाँटीमा गोली लागेर युवक गम्भीर घाइते