५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


३१ वटा भातृ तथा शुभेच्छुक संस्थाले बुझाए पौडेललाई ज्ञापनपत्र


0
Shares

काठमाडौ । नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुले पार्टी नेतृत्वलाई विभिन्न माग राख्दै संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।

मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेललाई महिला संघ, नेविसंघ, तरुण दल, ट्रेड युनियन कांग्रेसलगायत ३१ वटा भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरुले हस्ताक्षर गरि संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले पार्टी सभापति शेर बहादुर देउवा लाई यसघि नै ज्ञापनपत्र बुझाईसकेका छन् ।

ज्ञापनपत्रमा भातृ तथा शुभेच्छुक संस्थालाई दिने महाधिवेशन प्रतिनिधि संख्या समान हुनु पर्ने, महाधिवेशन प्रतिनिधि कम्तिमा पनि एक निर्वाचन क्षेत्रको (२५ जना) बराबर हुनुपर्ने उल्लेख छन् ।

यसैगरी महाधिवेशन प्रतिनिधि भोटर मात्र नबनाई पुर्ण अधिकारसहित उम्मेदवार बन्न पाउने व्यवस्था गर्नु पर्ने, महाधिवेशन नभएका भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन प्रतिनिधि कटाउने विषय मान्य नहुने, महाधिवेशन गराउने जिम्मेवारी पार्टीको पनि उत्तिकै रहेको र भातृ एवं शुभेच्छुक संस्थाबाट पार्टी संरचनामा समावेशीतासहित आरक्षण गर्नु पर्ने मागहरू उल्लेख छन् ।