१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनको भाउ घट्यो


0
Shares

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।

हिजो ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ८५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजावी सुनको प्रति तोला भाउ ८५ हजार १ सय ५० रुपैयाँ तोकेको छ । हिजो ८५ हजार पाँच सय ५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन १२ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको बुधबारको खरिद बिक्री मूल्य ११ सय ९५ रुपैयाँ तोकिएको छ ।