
एजेन्सी । भारतमा कोरोना भाइरस महामारी तीव्र रुपमा फैलिएको छ । महामारी तीव्र रुपमा फैलिएसँगैं अस्पतालहरुमा पनि बिरामी खचाखच भएका छन् ।
महाराष्ट्रको सरकारी अस्पतालमा एउटै बेडमा दुई जनासम्म बिरामी बस्न बाध्य छन् । जुन फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । महाराष्ट्र कोरोना संक्रमणबाट अति नै प्रभावित राज्य हो । त्यही यसरी दुई जनासम्म एउटै बेडमा राखेर उपचार गर्दा संक्रमणको जोखिमपनि उतिकै छ ।
पूर्व उर्जामन्त्री चन्द्रशेखर बावनकुले नागपुर जिल्लाका पालकमन्त्री नितिन राउनलाई कोरोना नियन्त्रणमा फेल भएको आरोप लगाउँदै अस्पतालको बेडमा दुई जना बिरामी राखेको भिडियो राखेका थिए ।
निजी अस्पतालमा उपचार गर्न महंगो भएका कारण सरकारी अस्पतालमा मानिसको भीड लागेको हो ।
साथै चिकित्सकहरुले अति नै गम्भीर बिरामीलाई पनि नागपुर सरकारी मेडिकल कलेजमा रिफर गर्ने गरेका छन् । त्यसैले पनि अस्पतालमा भीड लागेको हो ।
स्थानीयका अनुसार नागपुरबाट महाराष्ट्रमा तीन मन्त्री प्रतिनिधित्व गर्छन् । तर कोही पनि मन्त्रीले यसतर्फ ध्यान नदिएको स्थानीयको आरोप छ ।
एक बेडमा दुई बिरामी हुनु संक्रमणयुक्त रोगका लागि भयावह मानिन्छ । अस्पतालका वरिष्ठ चिकित्सकहरुले एउटा बेडमा दुई बिरामी राख्ने अवस्थाको अन्त्य भएको दावी गरेका छन् ।
उनीहरुले भनेका छन्, ‘यी बिरामीहरु कोरोनाबाट संक्रमित बिरामी होइनन् । जुन सामाजिक सञ्जालमा भाइरल भएको छ ।’
पूर्वमन्त्री बावनकुले भने नागपुरको सरकारी अस्पतालमा एउटै बेडमा दुईजना उपचार गरिरहेको र सरकार मृत्युको यस नाचमा कुम्भकर्ण जस्तै सुतिरहेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्