१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सात बालिका फेला परेपछि नेपाल प्रहरीको टोली भारततर्फ


0
Shares

महोत्तरी । भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराएका सात बालिका भारतको सितामढीमा सुरक्षित फेला परेपछि नेपाल प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

मंगलबारदेखि बेपत्ता भङ्गाहा नगरपालिका ८ धरमपुरकी सात दलित बालिका बेपत्ता भएका थिए । समूहमै घास काट्न गएका उनीहरू अबेर राती सम्म घर नफर्केपछि खोजीकार्य तीव्र पािरएको थियो ।

सामाजिक अभियन्ता सरोज रायले फेसबुकमा पोस्ट मार्फत सातै बालिका लाई विहारको सीतामढी रेल्वे प्रहरीले हिजो राती नै सुरक्षित उद्धार गरेको र आफ्नो निगरानीमा राखेको जानकारी दिनुभयो ।

भारतीय प्रहरीको यी बालिकाहरू गायक बन्न भारत लागेको बताइएको छ । उनीहरुसँग अन्य पनि थिए कि भन्नबारेमा अनुसन्धान भइरहेको छ । मंगलबार राति नै अभियन्ता रायले भारतीय बालकल्याण समितिलाई घटनाबारे जानकारी गराउनुभएको थियो ।

रायका अनुसार भारतमा ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान फेला परेका छन् ।

सशस्त्र प्रहरीको समन्वयमा भारतीय प्रहरीले ती बालिका तथा किशोरीहरुलाई फेला पारेको भंगाहा नगरपालिकाका प्रमुख संजिव साहले बताउनुभयो । ‘सातै जनाको नाम पनि मिलिसकेको छ,’ उहाँले भन्नुभयो, ‘उनीहरू अहिले भारतीय प्रहरीको निगरानीमा छन् ।’