१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल–खनालद्वारा युवा संघको छुट्टै कार्यालय उद्घाटन, पार्टी कार्यालय खोजीरहेको भनाइ


0
Shares

काठमाडौं । माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा (एमाले) निकट युवा संघको कार्यालयको औपचारिक उद्घाटन भएको छ ।

युवा संघले बबरमहलमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गर्नुभयो ।

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताउनुभयो ।

नेता नेपालले आफूहरू पनि पार्टी कार्यालयको खोजीमा लागेको बताउनुभयो । समानान्तर कमिटी गठन गर्दै आएको नेपाल पक्षले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र भिव रावललाई पार्टीबाट निलम्बन गरेपछि एमाले औपचारिक फुटमा जाने नेताहरुले बताउने गरेका छन् ।