१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, दुईजना घाइते


0
Shares

टेकराज अवस्थी
डडेल्धुरा । घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ ।

अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर परिसर भित्र रहेको सामुदायिक वनमा माटो खन्दा अमरगढी–७ ऐरी गाउँकी अन्दाजी ४५ वर्षीया नारु देवी ऐरीको मृत्यु भएको प्रहरी चौकी पोखरा ईञ्चार्ज शेरबहादुर बुढाऐरले बताउनुभयो ।

माटो खन्दा बनेको करिब आठ फिट लामो सुरुङ भित्र माटो खनिरहेका तीन महिला बुधबार दिउँसो पुरिएका थिए । तीन मध्ये दुई जनाको भने उद्दार गरिएको छ । मृतक ऐरीको शव नेपाल प्रहरी र शसस्त्र प्रहरीले निकालेको हो ।

माटोको ढिस्कोले पुरिएर घाइते भएका शारदा ऐरी र कल्पना विकको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।