१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घुस अस्वीकार गर्ने ३४ ट्राफिक प्रहरी सम्मानित


0
Shares

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरि जिम्मेवारि निर्बाह गर्ने एक प्रहरी नायव निरीक्षक सहित ३४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

सम्मानित हुनेहरु मध्य ७ जनालाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि पुरस्कृत गरेको महाशाखाले जनाएको छ । यसरी पुरस्कृत हुनेहरुमा प्रहरी हवल्दार भिम बहादुर बोहोरा र बसन्त कुमार गौतम, प्रहरी जवानहरु क्रमश: विनोद खनाल, अजय सुनार, राजेश कोइरी, लाल बहादुर बि.क. र शंकर कुमार पन्त रहेका छन ।

घुस दिन खोज्ने १३६ जना चालकहरुलाई पक्राउ गरि कारबाही गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

आम सवारी चालकहरूलाई ट्राफिक नियमको पुर्ण पालना गर्न र उल्लङ्घन पश्चात हुने कारवाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।