
एजेन्सी । रुसी विपक्षी दलका नेता अलेक्सी नाभाल्नीले कारागारमै आमरण अनसनको घोषणा गर्नुभएको छ ।
आफ्नो स्वास्थ्य बिग्रिएपनि उचित उपचारको व्यवस्था नभएको भन्दै नाभाल्नी अनसनमा बस्नु भएको बीबीसीले जनाएको छ ।
कम्मर र गोडामा समस्या भएपनि उपचारको व्यवस्था नभएको भन्दै उहाँले कारागार प्रशासनको आलोचनासमेत गर्नुभएको छ ।
४४ वर्षिय नाभाल्नी गत अगस्टमा जर्मनीबाट फर्किएलगत्तै कारागार चलान गरीएको हो ।
नाभाल्नीलाई राजधानी मस्कोनजिकै रहेको कारागारमा राखिएको छ । तर कारागारका सुरक्षा अधिकारीहरुले भने नाभाल्नीले उपचार गर्न अस्वीकार गरेको दावी गरेका छन् ।
नाभाल्नीको आरोपको सरकारी अधिकारीहरुले समेत अस्वीकार गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कडा आलोचक नाभाल्नीलाई गत महिना एक अपहरणको मुद्दामा दुई वर्ष ८ महिनाको काराबास सजाय सुनाइएको थियो ।
यता विभिन्न मानवअधिकारवादी संस्थाहरुले भने नाभाल्नीका लागि तोकिएको सजाय राजनीतिक प्रतिशोधका कारण भएको भन्दै पुटिन सरकारको आलोचना गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्