१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फ्रान्समा चार साताका लागि ‘लकडाउन’ को घोषणा


0
Shares

एजेन्सी । कोरोनाको तेश्रो लहर सुरु भएसँगै फ्रान्समा चार साताका लागि लकडाउनको घोषणा गरिएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले टेलिभिजनमार्फत सन्देश दिँदै कोरोना नियन्त्रणका लागि पुनः चार साताका लागि लकडाउनको घोषणा गर्नुभएको हो ।

लकडाउनका समयमा सम्पूर्ण विद्यालय र कलेजहरु बन्द रहनेछन् भने सरकारी कार्यालयको काम घरबाटै गर्नुपर्ने नियम लागु गरिएको छ ।

अत्यावश्यक सामानका पसलहरु खुल्नेछन् भने सार्वजनिक सभामा पूर्णरुपमा रोक लगाइएको छ ।

टेलिभिजन सन्देशमा राष्ट्रपति म्याक्रोंले लकडाउनको नियम पालना गर्न सर्वसाधारणमा अपील गर्दै कोरोनाको संक्रमणको स्थिति नियन्त्रणबाहिर नभएपनि समयमै सावधानी अपनाउनका लागि लकडाउन गर्नुपरेको बताउनु भएको छ ।

उहाँले लकडाउनकै बीच खोप अभियानलाई तीब्रता दिने जानकारी दिँदै आगामी महिनासम्ममा फ्रान्सका ९० प्रतिशत जनताले कोरोना विरुद्धको खोप पाइसक्ने दावी गर्नुभयो ।

जोन हप्किन्स बिश्वबिद्यालयका अनुसार फ्रान्समा कोरोनाका कारण ९५ हजार बढीको ज्यान गइसकेको छ ।