१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सुरु भएकाे छ ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएकाे छ ।

सर्वोच्च अदालतले नेकपाको एकता टुटाईदिएपनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

यो विषयमा आजको बैठकले निर्णय गर्ने स्रोतको दावी छ । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किए पनि प्रधानमनत्री केपी ओली अहिलेसम्म अल्पमतमा पर्नुभएको छैन ।

हिजोमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले कांग्रस सभापति शेर बहादुर देउवालाई भेटेर नयाँ सरकारको नेतृत्व गर्न आग्रह गर्नुभएको थियो ।

कांग्रेसले तत्काल निर्णय नदिए धेरै दिन प्रतिक्षा गर्न नसक्ने प्रचण्डको भनाई छ ।