
काठमाडौं । महोत्तरीमा अज्ञात समूहले गोली प्रहार गर्दा एकजना घाइते भएका छन् ।
हिजो बेलुका करिब साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो ।
औरही नगरपालिका–४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएका हुन् । कोइरालामाथि २ दुई गोली प्रहार भएको छ र एउटा गोली कोखमा र अर्को हातमा लागेको प्रहरीको भनाइ छ ।
घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ । गोली कसले र किन चलाएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्