१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं भित्रने मुख्य नाकामा चेकजाँचमा कडाइ


0
Shares

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौं उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ ।

उपत्यकामा संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

काठमाडौं जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु भएको छ ।

संक्रमण दर बढन थालेसँगै गएको आइतबारदेखि नै नाकामा लक्षण देखिएका व्यक्तिमा एन्टीजेन परीक्षण थालिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

त्यस्तै सचेतनामूलक अभियान थालिएको र यस्तो अभियान चलाउन सबै पालिकालाई पनि निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

संक्रमणको अवस्था हेरेर आउँदो दिनमा थप कदम चालिने पराजुलीले बताउनुभयो ।

भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि संक्रमणबाट जोगिन भीडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, भेला सम्मेलनलगायतका भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ भने जिल्ला भित्रिने नाकामा कडाइ गरेको छ ।